मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् । राष्ट्रपति कार्यलयले बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएको हो ।
राष्ट्रपतिद्वारा संसद् सचिवालयका महासचिवलाई सम्बोधन गर्दै लेखेको पत्रमा भनिएको छ, “नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७–३–१८ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन संवत् २०७७ साल असार १८ गते विहीबारका दिन अपरान्ह ५ बजेदेखि अन्त्य गरेको छु ।
यस सगै संघीय संसदको जारी बजेट अधिवेशन अन्त्य भएको छ ।आज १२ बजे बसेको मन्त्रिपरिषद बैठकले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिश गरेको थियो । मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति
भण्डारीलाई शितलनिवासमा पुगेर भेटेका थिए ।









