बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन



१९ असार

बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको ७१ बर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । उनले हवा हावाइ, ढक ढक र एक दो तीनलगायतका दर्जनौ चर्चित गितको नृत्य निर्देशन गरेका थिए । उनि बलिउडमा झण्डै चार दशक सक्रिय  थिए ।

तीन पटक राष्ट्रिय अवार्ड विजेता खान पछिल्लो केही समयदेखि अस्वस्थ  थिए । उनलाई गत जुन २० मा गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कोरोना परिक्षण समेत गरिएपनि संक्रमण भने नदेखिएको चिकित्सकहरुले बताएका छन् ।

उनको गएराती २ .३० मा अस्पतालमै निधन भयो,” खानका भान्जा मनिष जग्वानीले पिटिआई (प्रेस ट्रस्ट अफ इन्डिया) सँग भने । खानका एक छोरा राज खान र छोरी सुकैना खान रहेका छन् । खानको निधनप्रति भारतका सयौँ कलाकार र लाखौँ सुवेच्छुकहरुले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार  ११ : २७ बजे