ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । आफ्नो जमिन खनजोग गर्न गएका किसानहरुलाई काठमाडौं तराई द्रुतमार्गको जग्गामा रोपाई गरिएको भन्दै प्रहरीले बल प्रयोग गरे पछी प्रहरी र किसानहरु बीच आज अपरान्ह झडप भएको हो । तर, किसानहरूले आफ्नो जग्गाको मुआब्जा नपाएकोले आज रोपाई गरेको बताएका छन् ।
प्रहरीले असार १५ गतेपनि उनीहरुलाई रोपाईँ गर्न रोकेको थियो । किसानहरुले भने मुआब्जा नपाएकोले खनजोत गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । आज किसानहरुले संयुक्त रोपाई गरेका हुन् ।
विकासका नाममा जग्गाजमिन र पुख्र्यौली थातथलो कब्जा गरेको भन्दै खोकनाबासीले विरोध गर्दै आएका थिए । पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका छन् ।








