नेपाल एयरलाइन्सका तीन पाइलट सहित ७ जनामा कोरोना भाइरसको संक्रमण



नेपाल एयरलाइन्सका तीन पाइलट र चार जना भने उडान कर्मचारीसहित ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी भएको छ ।

हाल उनिहरु सोल्टी होटलमा क्वारेन्टिनमा रहेको एयरलाइन्स स्रोतले जनाएको छ ।

अरु सात जनाको पनि पहिलो पिसिआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको र क्रस भेरिफिकेसनको नतिजा आउन बाँकी रहेको स्रोतले जनाएको छ।

उनिहरु नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तब्यमा खटिएका ब ताइएको छ ।

प्रकाशित मिति : असार २२, २०७७ सोमबार  ९ : ४६ बजे