नेपाली कांग्रेसको महाधिवेशन फागुन ७ देखि काठमाडौंमा : यस्तो छ कार्यतालिका



नेपाली कांग्रेस केन्द्रिय समिती बैठकले पार्टिको १४ औं महाधिवेशन फागुनमा गर्ने निर्णय गरेको छ।

कोरोनाभाइरस महामारीले रोकिएका क्रियाशील सदस्यता वितरण, नविकरणलगायतका काम सुचारु गर्दै फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गरेको हो।

तेस्तै  नेपाली काँग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्मका लागि पूर्वनिर्धारित पार्टीको १४ औँ महाधिवेशनको मिति कायम राख्दै समायोजन, क्रियाशील सदस्यता वितरण र अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ ।

काँग्रेसको सोमबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले समायोजन हुन बाँकी पार्टीको अन्तरिम संरचना समायोजन गरिसक्नुपर्ने अन्तिम अवधि आगामी साउन १० तथा नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरण अवधि यही असार २५ गतेदेखि साउन मसान्तसम्म तोक्ने निर्णय गरेको हो ।

यसैगरी क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशन गरी केन्द्रमा पठाउने अवधि आगामी भदौ मसान्तसम्म, जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजूरी र नवीकरणमाथि क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी दिने अवधि असोज १५ गतेसम्म र उजूरीमाथि क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले निर्णय गरिसक्नुपर्ने अवधि असोजसम्म तोक्ने निर्णय गरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजूरी–पुनरावेदन दिइसक्नुपर्ने अवधि कात्तिकसम्म, उजूरी–पुनरावेदनमाथि क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिले निर्णय गरिसक्नुपर्ने अवधि मङ्सिर १५ गतेसम्म, नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नवीकरणको नामावलीको अन्तिम सूची तयार गरी छानबिन समितिले केन्द्रीय सभापतिलाई बुझाइसक्नुपर्ने अवधि मङ्सिर २५ गतेभित्र र केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि मङ्सिर मसान्तभित्र तोकिएको छ ।

यस्तो छ कांग्रेसको महाधिवेशन कार्यतालिका:

१ – गाउँनगर वडा अधिवेशन– २०७७ पुस ६ गते
२ -गाउँनगरपालिका अधिवेशन– २०७७ पुस ८ गते
३ – प्रदेश सभा क्षेत्रीय अधिवेशन– २०७७ पुस ११ गते
४ – प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला) अधिवेशन– २०७७ पुस १३ गते
५ – एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ पुस १६ गते

६ – प्रदेश अधिवेशन– २०७७ माघ ६ गते
७ – केन्द्रीय महाधिवेशन- २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं। कांग्रेसको फागुन ७ देखि

प्रकाशित मिति : असार २३, २०७७ मंगलबार  ४ : ४७ बजे