सत्तारुढ नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत होउ यान्छीले नेकपा नेताहरुसग राजनितिक भेटघाट तिब्र पारेकी छिन ।
नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहँदा चिनियाँ राजदुप होउ यान्छीले दौडधुप तिव्र पारेकी हुन ।
यान्छीले आज विहान नेकपा वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छिन् ।
भेटका लागि खनालको निवास छाउनीमा उनी ९ बजे पुगेकी थिइन् ।
यान्छीले खनालसँग ४५ मिनेट कुराकानी गरेको बुझिएको छ ।
चिनियाँ राजदूत र खनालबिचको कुराकानीका विषय भने सार्वजनिक भएको छैन ।
यसअघि यान्छीले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वर पुगेर भेटेकी थिइन् ।
यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत हप्ता नै भेटिसकेकी छिन् ।
उनको दौडधुपलाई अर्थपूर्ण मानिएको छ ।
यसअघि ओली सरकार डगमगाउँदा पनि यान्छीले शिर्ष नेताहरुसँग भेटेपछि कुरा मिलेको थियो ।
यसपटकको भेटलाई पनि नेकपाभित्र कुरा मिलाउने प्रयासका रुपमा लिइएको छ








