नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको राजनितिक भेटघाटप्रती सार्बजनिक टिका-टिप्पणिहरु भइरहेका बेला राजदूत यान्छीले नेकपाका नेताहरुसगको राजनितिक भेटघातलाई भने निरन्तरता दिएकी छन ।
उनले आज (बिहीबार)मात्रै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छिन् ।
राजदूत यान्छीले आज दाहाल निवास खुमलटार पुगेर भेटवार्ता गरेकी हुन् ।
यसअघि उनले नेकपाका बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपालसँग भेटवार्ता गरेकी छिन् ।
नेकपाभित्रको विवाद चुलिरहेको अवस्थामा राजदूत यान्छीको दौडधुपलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
कुटनीतिक क्षेत्रका जानकारहरुले त राजदूत यान्छीको सक्रियतालाई लिएर आफ्नो असन्तुष्टि पोखेका छन् ।
उनले नेकपाको बिबाद मिलाउन र पार्टिलाई फुटबाट जोगाउन नेताहरुलाई भेटेर दबाब दिइरहेको अनुमान गरिएको छ ।
चिनिया दूतावासले भने नेताहरुसग राजदुतले गरेको कुराकानिलाई सामान्य भनेको छ ।
चिनले नेपालमा स्थिर सरकार र विकास भएको हेर्न चाहेकोले आजको भेटमा पनि राजदूतले त्यही कुरा गरेको चिनिया दुताबासले जनाएको छ ।








