कांग्रेस महामन्त्री डा . शाशंक कोइरालाले देशमा पछिल्लो समय बाढी पहिरोले पुर्याएको क्षतिप्रती दुख ब्यक्त गरेका छन ।
सामाजिक सञ्जाल ट्विटरमार्फत सन्देश ब्यक्त गर्दै महामन्त्री कोइरालाले नेपाली कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई पिडितको उद्धारमा खटिन समेत आग्रह गरेका छन ।
कोइरालाले बाढी पहिरोका घटनामा परी परिवारजन गुमाएकाहरुप्रति हार्दिक संवेदना व्यक्त गरेका छन ।
महामन्त्री डा. कोइरालाले पीडितको तत्काल उद्धारका लागि सरकारकोको ध्यानाकर्षण समेत गराएका छन ।
पछिल्लो समय लगातारको बर्षाका कारण देशमा बाढी पहिरोका घटनामा बृद्दी भएको छ भने धेरै मानिसहरुले प्रकृत्तिक बिपत्तिको सामना गर्नुपरेको छ ।
बाढी पहिरोले पुर्याएको जनधनको क्षतिले अत्यन्तै दुःखी तुल्याएको छ।
परिवारजन गुमाउनुभएकाहरुप्रति हार्दिक संवेदना व्यक्त गर्दै पीडितको उद्धार का लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गर्दछु ।
नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई उद्धारमा खटिन समेत आग्रह गर्दछु।
जय नेपाल ।— Dr Shashank Koirala (@DrShashankKoir1) July 10, 2020










