शनिबार ७० जना संक्रमित थपिए



शनिबार देशमा ७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमित संख्या १६ हजार ७ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् ।

हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ८ हजार ४ सय ४२ जना घर फर्केका छन् ।

धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ

प्रकाशित मिति : असार २७, २०७७ शनिबार  १ : ४८ बजे