पहिरो पिडितको उद्दार र राहतमा खटिन पौडेलको कार्यकर्तालाई निर्देशन



तनहुँका विभिन्न ठाउँमा गए राति अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको हो । त्यसैगरी ऋषिङ गाउँपालिकाको पल्ट्याङमा पहिरोले पुरिएर पाँच र ब्यास नगरपालिकामा पाँच गरी १० जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा माथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको छ । यसैगरी व्यास नगरपालिका ७ कलेस्तीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। मृतक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच तनहुँ जिल्लाका विभिन्न स्थानमा गएको बाढि पहिरोका कारण जनधनको क्षति भएको प्रति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुख व्यक्त गरेका छन् । पौडेलले मृतकका परिवारलाई उचित क्षति र बाढि पहिरो जस्तो प्राकृतिक प्रकोपमा तत्काल उद्दार र राहतको व्यवस्था मिलाउनका लागि सरकारसंग माग गरेका छन् ।

उनले तनहुँ जिल्लाका स्थानीय तह र नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु तत्काल घटनास्थलमा पुगेर उद्दार र राहतमा खट्न समेत निर्देशन दिएका छन्

प्रकाशित मिति : असार २९, २०७७ सोमबार  ८ : १७ बजे