लामो समय देखी जारी नेकपाको आन्तरिक विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा त्रिपक्षीय छलफल सुरु भएको छ । यस अघी प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड बिच मात्रै छलफल हुँदै आएकोमा आजको छलफलमा नेता नेपाल पनि सहभागी छन । ।
वार्तामा बरिष्ठ नेता नेता नेपाललाई समेत सहभागी गराइपछि केही सहमति भएर निष्कर्षउन्मुख हुनसक्ने नेकपा नेताहरुले जनाएका छन ।पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले तीनजना नेता बसेर सहमति खोज्न सक्ने भन्दै त्यसपछि मात्रै के हुन्छ भनेर भन्न सक्ने बताए
यसअघि ओली–प्रचण्डबीच पटकपटक भएका वार्तामा सहमति जुट्न सकेको छैन ।पार्टीको आन्तरिक विवाद मिलाउन दुई अध्यक्षबीच दैनिक जसो बैठक भइरहेको छ ।दुई अध्यक्ष एक्लाएक्लै बस्ने निकास ननिस्कने भएपछी प्रचण्डकै आग्रहमा नेपालालाइ पनि छलफलमा सहभागी गराइएको बताइएको छ ।
यस अघिका छलफलमा नेताहरु आ-आफ्नै अडानमा रहदा सहमती जुट्न सकेको छैन ।आन्तरिक बिबादले नेकपा फुट्न लागेको भन्दै पार्टिको दोश्रो र तेश्रो बारीयताका नेताहरुले भने चिन्ता ब्यक्त गर्दै आएका छन ।








