प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच आज भएको छलफलमा नेताहरुले आ-आफ्नै अडान दोहोर्याएपछी कुनै सहमतिबिनै बैठक सकिएको छ ।
प्रचण्ड र नेपालले पुरान ओलीले राजीनामा दिनैपर्ने पूर्ववत अडान दोहोर्याएपछि बैठक निष्कर्षबिहीन बनेको स्रोतले जनाएको छ ।
यस अघी प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड बिच मात्रै छलफल हुँदै आएकोमा आजको छलफलमा नेता नेपाल पनि सहभागी थिए ।
नेता नेपाल पनि सहभागी भएको बैठकमा आज नेताअहरुबिच वारकिपार को अवस्था सिर्जना भएको बताइएको छ ।
बैठकमा प्रचण्ड र नेपालले राजीनामाको विषय अघि सारेपनि ओलीले कुनैपनि हालतमा राजीनामा नदिने बताएका थिए ।
करिब साढे २ घण्टा चलेको बैठकमा आ–आफ्नै अडान कायम भएपछि बैठक त्यसै सकिएको थियो ।
स्थायी कमिटीको बैठक अघाडिनै विवाद समाधानका लागि ओली र प्रचण्डबीच छलफल हुँदै आएको छ ।
स्थायी कमिटीको बैठक भोलि विहान ११ बजेलाई डाकिएको छ ।
बालुवाटार स्रोतकाअनुसार भोलिको बैठक सुचारु गरेर अघि बढ्ने र पार्टीको निर्णय सबैले मान्नुपर्ने निश्कर्ष निकालेको छ ।
यसअघि ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेको दाहाल-नेपाल समूहले अहिले प्रधानमन्त्रीबाट मात्रै राजीनामा दिनुपर्ने भन्दै लचकता देखाएको छ ।
ओलीले भने कुनैपनि हालतमा दुवै पद नछोड्ने अडान लिएका छन ।
ओलिले प्रचण्ड र वरिष्ठ नेता नेपाललाई सकेको गर्न चुनौती दिदै कुनै हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन् ।