पार्टी विभागमा भइहहेको नियुक्ति विधान र आचारसंहिता विपरित भएको शभापती देउबासग असन्तुष्ट नेताहरुको निश्कर्ष



काँग्रेस शभापती शेर बहादुर देउबासग असन्तुष्ट नेताहरुले पार्टी विधान र आचारसंहिता विपरित पार्टीका विभागमा नियुक्ति भइहहेको भन्दै आपत्ति जनाएका छन । बिहीबार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको निर्वाचन समितिलाई संयुक्त हस्ताक्षरसहितको पत्र बुझाउदै विभागमा गरिएका नियुक्तिप्रती असहमती ब्यक्त गरेका हुन । ।

महाधिवेशनको प्रक्रिया सुरु भइसकेको अवस्थामा विभिन्न विभागमा सदस्य थप गर्ने काम पार्टी विधान र आचारसंहिता विपरित हुने नेताअहरुको मत छ ।विभागहरुमा भइरहेका नियुक्ति तत्काल रोक्न र यसअघि भइसकेकाहरुको बदर गर्न माग गरिएको पत्रमा उल्लेख छ ।

अहिले पनि निर्वाचनको सर्वमान्य मान्यता एवम् आचारसंहिताको विपरीतका कार्य आसन्न महाधिवेशनलाई अनुचित प्रभाव पार्ने दुराशयसमेतबाट प्रेरित रहेको निर्वाचन समितिको ध्यानाकर्षण गराइएको लिखित पत्रमा उल्लेख छ ।नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन सम्पन्न भै चार वर्ष कार्यकालका लागि निर्वाचित कार्यसमितिको कार्यकाल गत फागुन महिनामा समाप्त भएपछि थपिएको अधिकतम एक वर्षको कार्यकाल पुरा हुन लगभाग ७ महिना मात्रै बाकी छ ।

प्रकाशित मिति : श्रावण १, २०७७ बिहीबार  ११ : ५० बजे