यस अघी पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । सहमती कायम गरेर मात्रै स्थायी कमिटी बैठक राख्ने तयारी स्वरुप धेरै चरणमा नेताहरुले छलफल गरेपनी सहमती जुट्न नसकेपछी स्थायी कमिटी बैठकबाटै बिबादका बिषयमा टुङ्गो लगाउने निष्कर्ष सहित बैठक बस्न लागेको हो ।
छलफलमा कुनै सहमति नभए पअनि बैठक नरोकिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूूर्य थापाले जानकारी दिए । अध्यक्षद्वयबीच छलफल जारी छ, शुक्रबार पुनः छलफल हुन्छ तर पहिला निर्धारण गरिएको र बैठक नरोकिँने उनको भनाई छ ।
अध्यक्षद्वयबीच भएको छलफलमा पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालसमेत सहभागी रहेका थिए । उनी स्थायी कमिटी बैठक बस्नेमा सहमत भएका छन् । स्थायी कमिटीमा प्रस्तुत कार्यसूचीमा हुने छलफललाई कसरी व्यवस्थित र मूर्त रूप दिने विषयमा नेताबीच छलफल भएको जनाइएको छ ।
स्थायी कमिटी बैठक असार १० गतेदेखि जारी छ ।बैठक टुङ्ग्याएर नेकपाले केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको पनि नेकपा निकट श्रोतले जानकारी दिएको छ ।