पूर्व सांसद मेजर दिपकबहादुर गुरुङ निधन, काँग्रेस नेताहरुद्वारा दुःख व्यक्त



नेपाल भूतपूर्व सैनिक संघका पूर्व अध्यक्ष एवं पूर्व सांसद मेजर दिपकबहादुर गुरुङको शुक्रबार दिउँसो निधन भएको छ । दिउसो २ः३० बजे काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कास्कीको नार्माजुन गाविस–३ मा जन्मएका स्वर्गीय गुरुङ व्रिटिश आर्मीबाट रिटायर्ड मेजर हुन् । उनले तत्कालीन समयमा बेलायतकी महारानी एलिजावेथ द्वितीयको सेरेमोनियल एडीसीको रुपमा समेत कार्य गर्नुका साथै लामो सैनिक जीवनपछि भूपू सैनिक समुदाय र जनताको सेवामा समर्पित भएर उल्लेखनीय काम गरेका थिए ।

व्रिटिश गोर्खाको समान पेन्सनको आन्दोलन तथा गोर्खालीले पु¥याएको योगदान र वलिदनको कदर गर्दै आवासीय भिसाका लागि गरिएको आन्दोलनहरुको उनली एक नेतृत्वकर्ता थिए । स्वर्गीय गुरुङ काँग्रेस निकट नेपाल भूतपूर्व सैनिक संघको तीन कार्यकालसम्म अध्यक्ष भएका थिए । उनले नेपालको लोकतान्त्रिक आन्दोलनहरु तथा पार्टीको संगठनमा सक्रिय भूमिका निर्वाह गरेको पौडेलले बताए ।

उनको निधनप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।तेस्तै उनको निधनमा काँग्रेस महामन्त्री डा . शशाङ्क कोइराला बरीष्ठ नेता रामचन्द्र पौडेल लगायत काँग्रेसका अन्य नेताहरुले पनि दुख ब्यक्त गरेका छन ।

प्रकाशित मिति : श्रावण २, २०७७ शुक्रबार  १ : ११ बजे