ओलीलाई प्रधानमन्त्रीबाट हटाऔ, देश बचाऔँ : बाबुराम भट्टराई



पूर्व प्रधानमन्त्री डा . बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर देशलाई बचाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रीया दिदै डा भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर गएको उल्लेक्ग गरेका छन ।उनले प्रश्न गर्दै ‘संसदबाटै संकटमोचन किन हुन्न ? ओली हटाऔं, देश बचाऔं,’ ट्वीटमा लेखेका छन् ।

‘हिट्लर पनि निर्वाचित थिए;चरम राष्ट्रवाद उनको पनि हतियार थियो।आखिर के भयो ?नेकपा किन अलमलमा ?संसदबाटै संकटमोचन किन हुन्न ?’ उनले प्रश्न गरेका छन ।

प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार  ४ : ५७ बजे