पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सहित थप १५६ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा नेपालमा काठमाडौंका १ र ललितपुरका २ सहित थप १५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौका एक जना र ललितपुरका २ जनामा कोरोना देखिएको हो ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल १७ हजार ६५८ संख्या पुगेको छ भने हालसम्म ६६ .२४ प्रतिशत निको भएसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ९६३ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिए ।

तेस्तै नेपालमा कोरोनाभाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ६९५ पुगेको छ ।आज मात्रै ५८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।

यसैगरी हालसम्म भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी ८ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त रहेका छन ।

प्रकाशित मिति : श्रावण ४, २०७७ आइतबार  १२ : ०३ बजे