पछिल्लो २४ घण्टामा नेपालमा काठमाडौंका १ र ललितपुरका २ सहित थप १५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौका एक जना र ललितपुरका २ जनामा कोरोना देखिएको हो ।
योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल १७ हजार ६५८ संख्या पुगेको छ भने हालसम्म ६६ .२४ प्रतिशत निको भएसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ९६३ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिए ।
तेस्तै नेपालमा कोरोनाभाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या ११ हजार ६९५ पुगेको छ ।आज मात्रै ५८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।
यसैगरी हालसम्म भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी ८ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त रहेका छन ।








