नेपाल तरुण दल केन्द्रिय समितिले फलफुल, मास्क, स्यानीटाईजर, साबुन वितरण गरि ३८ औ वी .पी स्मृति मनाएको छ ।दिवसको अवसरमा नेपाल तरुण दल केन्द्रिय समितिले रवि भवनमा अवस्थित बाल “संरक्षण अभियान नेपाल” नामक बाल आश्रममा (फलफुल, मास्क, स्यानीटाईजर, साबुन) वितरण गरेको अध्यक्ष जित जंग बस्नेतले जानकारी दिए ।
कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहयोग पुर्याईदिने नेपाली काँग्रेस महालक्ष्मी न .पा .वडा नं १, २, ३ र ४ समन्वय समिति परिवार र नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य रवि थापालाई नेपाल तरुण दल केन्द्रिय समितिले धन्यवाद समेत ब्यक्त गरेका थिए।








