पूर्व प्रधानमन्त्री डा . बाबुराम भट्टराईले न्यायधीशहरुले अपराधलाई संरक्षण गरेको भन्दै न्यायाधीशमाथि महाभियोग लगाउन र प्रधानमन्त्री केपी ओलीलाई विदाई गर्नका लागि तत्काल संसदको अधिवेशन बोलाउन माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत त्विटरमार्फट भट्टराईले देश गम्भीर संकटतिर गइरहेको उल्लेख गर्दै लोकतान्त्रिक ढंगले संकटमोचनका लागि ओलीलाई प्रधानमन्त्रीबाट बिदा गरेर प्रधानन्याधीश चोलेन्द्र शमसेर जबरामाथि महाभियाग लगाउन प्रस्ताव गरेका हुन् ।
यसका साथै उनले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जान पनि प्रस्ताव गरेका छन्।
श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलापछि सर्वोच्च अदालतको सबै क्षेत्रबाट चर्को आलोचना भइरहेको छ ।
देश गम्भीर संकटतिर जाँदैछ।लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं:१.संसद अधिवेशन बोलाऊँ;२.KPOलाई विदा गरेर नेकपाभित्रैबाट नयाँPMचयन गरौं;३.अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ;४.भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं;५.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ!
— Baburam Bhattarai (@brb1954) July 24, 2020










