नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीका कारण नेकपामा गम्भिर संकट देखिएको बताएका छन् । पुष्पलाल मिलन केन्द्रले ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले नेकपाको बैठकमा गम्भिर विषयमा छलफल चलिरहेका बेलामा प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी ओलीले निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराएपछि अझ संकट बढेको बताए ।
प्रचण्डले पार्टीभित्र चलेको संघर्ष समाजमा चल्ने संघर्षको प्रतिविम्ब रहेको बताए । जबसम्म कम्युनिस्ट पार्टी रहन्छ तबसम्म पार्टीभित्र संघर्ष चलिरहन्छ । समाजमा चलेको संघर्षकै रिफ्लेक्सन पार्टीभित्र चल्ने हो,’ उनले भने, ‘एकता, संघर्ष र रूपान्तरणपछि नयाँ आधारमा एकता हुन पनि सक्छ र फूट पनि हुन सक्छ । प्रचण्डले एकता विधि र पद्धतिका आधारमा हुने कुरामा जोड दिँदै भने, ‘एकता चोचोमोचो मिलाएर हुने कुरा होइन । विचार संघर्षको बलमा नै कम्युनिस्ट पार्टीभित्र एकता हुने हो । एकता संघर्षद्वारा हासिल गरिने कुरा हो । संघर्षबाट एकतै प्राप्त हुन्छ भन्ने कुनै जरुरी छैन । एकता संघर्ष रुपान्तरण पछि नयाँ आधारमा एकता भएन भने पार्टी फुट्न सक्छ । उनले पार्टीभित्र भएको संघर्षलाई संकेत गर्दै एकतै हुनुपर्छ भन्ने आदर्शवादी भ्रममा नरहन सबैलाई आग्रह गरे ।
अध्यक्ष दाहालले नेपालको नक्शा जारी गरेको विषयमा ओलीको देवत्करण गरेकोमा समेत असंतुष्टी जनाए । उनले भने नेकपाको बैठकबाट नै नयाँ नक्शा जारी गर्न ताकेता गर्नेलाई दलाल अनि नक्सा जारी गर्न ढिला गर्नेलाई राष्ट्रवादी भनेर देवत्वकरण गरिएको भन्दै असंतुष्टी जनाए ।
अध्यक्ष दाहालले २०१४ सालमा पुष्पलालको नीति पारित हुने तर नेतृत्व केशरजंग रायमाझीको हातमा पुग्दा पार्टीमा समस्या देखिएको उल्लेख गर्दै अहिले पनि नेतृत्व र नीतिका बीचमा विवाद देखिएको बताए । उनले नेकपा सामुहिक नेतृत्व र व्यक्तीगत जिम्मेवारीको सिद्धान्तका आधारमा चल्नुपर्ने बताए ।








