प्रतिष्ठानबाट वीपी कोइरालाको तस्विर हटाएकोमा तरुण दलले दियो उपकुलपतिलाई चेतावनी



वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव विश्वेश्वर प्रसाद कोइरालाको तस्विर हटाएको प्रति  नेपाल तरुण दलले घोर आपत्ति जनाएको छ ।

वीपी कोइरालाको तस्विर हटाइएको प्रति घोर आपत्ति जनाउँदै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गरेका हुन् ।

प्रथम जन निर्वाचित प्रधानमन्त्री महामानब वीपी कोइराला नेपाल तरुण दलको सम्मानित आदर्श पात्र भएकोले उहाँ प्रती हुने कुनै पनि प्रकारका अपमान र उहाको अस्तित्व मेटाउने प्रयत्न कतैबाट भए सो कार्य सैह्य नहुने बताउँदै तरुण दल केन्द्रीय अध्यक्ष बस्नेतले तरुण दलको गम्भिर ध्यानाकर्षण समेत भएको बताए ।

‘महामानब वीपी कोइरालाको नाममा स्थापना भएको प्रतिष्ठानको कार्यालयमा सुरुवाती अबस्थाबाट राखिएको तस्वीर वर्तमान उपकुलपतिको निर्देशनमा हटाइएको भन्ने समाचार आएकोले सो कार्य खेदजनक निन्दनीय छ ।’ अध्यक्ष बस्नेतले भने ।
अर्काको अस्तित्व स्विकार गर्न नसक्ने यस्ता घृणित मानसिकता प्रती तरुण दलको गम्भीर ध्यानाकर्षण भएको बताउँदै हटाइएको उक्त तस्बिर सोही स्थानमा अबिलम्ब नराखिए नेपाल तरुण दल आन्दोलनमा उत्रीन बाध्य हुने दावि गरेका छन् । साथै अध्यक्ष बस्नेतले तस्विर यथास्थानमा नराखे त्यसबाट उत्पन्न हुने सम्पुर्ण परिस्थितिको जिम्मा उपकुलपतिले लिनुपर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : श्रावण ११, २०७७ आइतबार  ६ : २५ बजे