सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला बनिन् सांसद



देशको भौगोलिक अखण्डतासँग सम्बन्धित निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी प्रस्तावमा मतदान गर्ने पार्टीको ह्वीप उल्लङ्घन गरेको भन्दै पार्टी कारबाहिमा परेकी नेतृ सरिता गिरीको ठाउमा लीलादेवी सिटौला प्रतिनिधिसभा सदस्य बनेकी छन ।

निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको हो ।

समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस-आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति : श्रावण १२, २०७७ सोमबार  ९ : २२ बजे