पछिल्लो समय देशका बिभिन्न ठाउहरुमा समुदाय स्त रमै कोरोना सङ्क्रमण हुन थालेको आशङ्का गर्न थालिएको छ ।यसै क्रममा स्याङ्जामा १८ प्रहरीमा कोरोना संक्रमण भेटिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले यसको पुष्टि गरेको हो ।
निर्देशनालयका अनुसार प्रहरीमा कोरोना संक्रमण देखिएसँगै कार्यालय पनि सिल गरिएको छ । यसअघि ६ दिनपहिले तीन प्रहरीमा संक्रमण पुष्टि भएको थियो ।
उनीहरुसङ्गै प्रत्यक्ष सम्पर्कमा रहेका अन्य १८ जना प्रहरी प्रमुखमा संक्रमण भेटिएको स्याङ्जा प्रहरी प्रमुख (एसपी) विमलराज कणेलले जानकारी दिए ।
यसै बिच कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ८ जना बालबालिकासहित ३१ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पतालको प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणबाट सोमबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।








