पछिल्लो २४ घण्टामा १ सय ३९ जनामा कोरोना संक्रमण



पछिल्लो २४ घण्टामा नेपालमा १ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । यस सगैसंक्रमितको संख्या १८ हजार ७५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार कोरोना संक्रमण निको भएर ६२६ जना डिस्चार्ज भएका छन् । हालसम्म १३ हजार ७५४ जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा । जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बताए ।

पछिल्लो समय देशका बिभिन्न ठाउहरुमा समुदाय स्त रमै कोरोना सङ्क्रमण हुन थालेको आशङ्का गर्न थालिएको छ ।

आजै मात्र स्याङ्जामा १८ प्रहरीमा कोरोना संक्रमण भेटिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले यसको पुष्टि गरेको हो

तेस्तै कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ८ जना बालबालिकासहित ३१ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : श्रावण १२, २०७७ सोमबार  १० : ४६ बजे