वीरगञ्जमा दुई चिकित्सकसहित थप १५ मा कोरोना संक्रमण



वीरगञ्जमा दुई चिकित्सकसहित थप १५ मा कोरोना संक्रमण देखिएको छ । सोमबार राति प्राप्त भएको रिपोर्टमा नयाँ १५ संक्रमित थपिएका हुन् ।

नयाँ पुष्टि भएका अधिकांशमा लक्षण देखिएको छ । नारायणी अस्पताल प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरुको रिपोर्ट ‘पोजिटिभ’ आएको हो । अधिकांश वीरगञ्ज महानगरपालिकाकै मानिसहरु छन् ।

वीरगञ्जमा ५७ संक्रमितको उपचार भइरहेको छ । यी मध्ये चार जना आइसियुमा छन् ।

प्रकाशित मिति : श्रावण १३, २०७७ मंगलबार  ३ : ३० बजे