‘इनफ इज इनफ’ समूहका युवाहरूले सुरू गरेको सत्याग्रहमा नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले ऐक्यवद्धता जनाएका छन ।
काठमाडौंको वसन्तपुरमा सत्याग्रह बसेका ‘इनफ इज इनफ’ समूहका युवाहरूलाई नेता सिंहले मंगलबार भेट गरी सत्याग्रहमा कांग्रेसको ऐक्यबद्धता रहेको बताएका हुन ।
इनफ इज इनफको आन्दोलनमा ऐक्यवद्धता जनाउन नेपाली कांग्रेसका नेताहरु पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य नविन्द्रराज जोशी, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी सहितका नेता तथा कार्यकर्ताहरु बसन्तपुर पुगेका हुन ।
युवाहरूले कोरोना नियन्त्रणका लागि राखेको जायज मागप्रति समर्थन रहेको र सत्याग्रहका लागि ऐक्यबद्धता जनाएको उनले बताए । उनले कोरोना संक्रमित बढ्दा पनि सरकार सचेत नभएको भन्दै मुलुकलाई अस्तव्यक्ततामा छाडेको बताए । सिंहले मुलुकभर पिसिआर परिक्षणको दायरा बढाउन सरकारको ध्यानाकर्षण पनि गरे ।
‘इनफ इज इनफ’ समूहका युवाहरू ११ दिनदेखि कोरोन रोकथाम तथा नियन्त्रणका लागि आरडिटी परीक्षण खारेज गर्न र पीसीआर परीक्षण गर्न माग गर्दै सत्याग्रहमा बसेको छन् । यसअघि सरकारले आफुहरुसंग गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै उनीहरुले सत्याग्रहमा बसेका हुन् ।
कोभिड १९ रोकथाममा सरकारका कदमहरू अपर्याप्त भएपछि सरकारको ध्यानाकर्षणका निम्ति ‘इनफ इज इनफ’ अभियानका अभियन्ताद्वय ईः र पुकार बमको १२ दिनको आमरण अनसनपछि सरकारसँग असार २३ गते भएको १२ बुँदे सम्झौता कार्यान्वयन गराउन फेरि अभियानका अभियन्ताहरु सत्याग्रहमा बसेको ११ दिन भइसकेको छ ।








