वीरगञ्जमा बुधबार मात्रै ३४ नयाँ संक्रमण पुष्टि भएको छ ।
नयाँ सङ्क्रमितहरुमा सेना, प्रहरी र कैदीबन्दी समेत रहेका छन ।
संक्रमित हुनेमा नेपाली सेनाका १ जना, नेपाल प्रहरीका ३ जना, कैदीबन्दी ६ जना, कारागारका कर्मचारी २ जना, स्वास्थ्यकर्मी १ जना र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
संक्रमितमध्ये २० जना वीरगञ्जकै छन् । वीरगञ्जका वडा नं ९, ५, ४, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सियाका बासिन्दामा संक्रमण देखिएको हो
नारायणी अस्पतालको ल्याबमा २७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा . मदन उपाध्यायले जानकारी दिए ।
३४ जना २ वर्षदेखि ३४ वर्षका व्यक्तिहरु छन् । जसमा पाँच बालबालिका, १० जना महिला छन् ।








