नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनबाट पार्टिको नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन । पार्टी अध्यक्ष शेरबहादुर देउवाका कारण पार्टीको विधानले तोकेको काम, कर्तव्य र अधिकार अनुरुप काम नभएकोले राष्ट्रीय राजनितिमा पार्टिको भूमिका प्रभाबकारी नदेखिएको भन्दै सिंहले १४ औं महाधिवेशनबाट पार्टिको नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका हुन ।
बुधबार न्युज एजेन्सी नेपालका संवाददातासँगको कुराकानीमा पार्टीको विधान र नियमावलीले निर्देशित गरेअनुसार काम नगर्दा पार्टी अप्ठ्याराे अवस्थामा पुगेको बताए ।उनले भने, ‘१३ औँ महाधिवेशनबाट जुन नेतृत्व निर्वाचित भयो, निर्वाचित पदाधिकारीले निर्वाचित भइसकेपछि आउने जिम्मेवारी र नेपाली कांग्रेसको विधान र नियमावलीले निर्देशित गरेको काम, कर्तव्य र अधिकार विशेष गरेर पार्टी सभापतिले विधानले गाइड गरेअनुसार गर्नुपर्ने काम, कर्तव्य र अधिकारमा उहाँ चुकेको देखिएको छ । पार्टी सभापति जिम्मा लिएको व्यक्तिले काम गर्न नसकेको कारण अहिले पार्टीको स्वास्थ्य ठिक नभएको देखा परेको छ ।’
उनले पार्टीको विधान र नियमावलीले निर्देशित गरे अनुरुप काम नगर्दा पार्टी अप्ठेरो अवस्थामा पुगेको उनले बताए।सिंहले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएपनि प्रजातन्त्रको रक्षाका लागि गर्नुपर्ने न्यूनतम क्रियाकलाप समेत गर्न नसकेको बताए ।
महाधिवेसनको विधि र प्रक्रिया जिल्ला र स्थानीय तहमा सुरु भइसक्दा अनुशासनको कारबाही अगाडि बढाउन नहुने नेता सिंहको भनाइ छ ।उनले पार्टी भित्रका पुराना नेताहरुलाई कारबाही गर्ने अन्यलाई प्रवेश गराउने खेलमा सभापति लागेकाे बताए ।
नेतृत्वले राम्रोसँग काम गर्न नसक्दा निर्वाचनमा पराजित हुनुपरेकाले एकपटक फेल भएको नेतृत्वलाई फेरी अवसर दिन नहुने नेता सिंहले बताए ।नेता सिंहले कांग्रेस प्रजातान्त्रिक पार्टी भए पनि प्रजातन्त्रको रक्षाका लागि गर्नुपर्ने न्यूनतम क्रियाकलाप समेत गर्न नसकेको बताए।








