प्रहरीको कोठाबाट सुन जस्तो देखिने एक किलो धातु बरामद



प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठाबाट  एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको छ ।

साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणको अनुसन्धानका क्रममा थप एक किलो धातु बरामद भएको हो ।

बरामद धातु सुन हो वा सुन जस्तो देखिने धातु मात्र भन्ने परीक्षण हुन बाँकी छ ।

दरबारमार्ग प्रहरीका तत्कालीन डीएसपी रञ्जनकुमार दाहाललाई गलत सूचना दिएको अभियोग लागेका सादा पोशाकका प्रहरी जवान  श्रेष्ठको कोठामा छापा हान्दा सुन जस्तो देखिने धातु बरामद भएको प्रहरी उच्च स्रोतले बतायो

प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार  ७ : २८ बजे