शुक्रबार काठमाण्डौ उपत्यकामा ३८ कोरोना संक्रमित थपिए



शुक्रबार काठमाडौंमा ३२ ललितपुर ५ र भक्तपुर १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएका छ।

काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२३ ललितपुरमा ९७ र भक्तपुरमा ५७ पुगेकोछ।

यसै बिच पछिल्लो २४ घण्टामा देशमा २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

१० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको र यो सगै अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तेस्तै आजसम्म १४ हजार ३ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।

आज १ सय ५१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार  १० : ५८ बजे