गुल्मीमा पहिरोमा पुरिएर एकैघरका चारजनाको मृत्यु



गुल्मी । अविरल बर्षाका कारण गुल्मीमा पहिरोमा पुरिएर एकैघरका चारजनाको ज्यान गएको छ ।

शुक्रबार साँझ परेको अविरल बर्षाले रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ५ टाहाटिमस्थित राजु बोटेको घरमाथिबाट आएको पहिरोमा पुरिएर उनकी श्रीमती, दुई छोरा र एक छोरीको ज्यान गएको वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए । राजु बोटे रोजगारीको लागि भारतमा छन् ।

साँझको समयमा भएको बर्षाका कारण पहिरो गएको र अझै पनि लगातार पानी परिरहेकोले उद्वारमा कठिनाई भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन भने बाँकी छ ।

प्रकाशित मिति : श्रावण १७, २०७७ शनिबार  २ : ३२ बजे