२५९ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६५ जना कोरोना निको भएर घर फर्किएका छन् ।

कुल कोरोना निको हुनेको संख्या १५ हजार २६ जना पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार  १० : ४२ बजे