आज अपरान्ह ४ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ ।
कोरोना भाइरसको जोखिमसँग लड्न सरकारले उपत्यकाभित्र सवारीमा जोर बिजोर प्रणाली लागू गरिसक्दा आज फेरि मन्त्रिपरिषद बैठक डाकेको हो ।
बैठकले कोरोना रोकथामका लागि महत्वपूर्ण कदम चाल्ने बुझिएको छ ।
यसैगरी, नेकपाभित्रको विवाद बढ्दै जाँदा आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिहरुलाई ब्रिफिङ गर्ने बुझिएको छ ।
ओलीले हालैमात्र मन्त्रिमण्डल पुर्नगठनको संकेत गरेका थिए ।








