काठमाडौं उपत्यकामा ८७ सहित ३ सय ६० जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३ सय ६० जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २१ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिए ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ७६ जना, ललिपुरमा १० जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आजसम्म १५ हजार ३ सय ८९ जना संक्रमण मुक्त भएका छन् । आज २ सय ३३ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण २२, २०७७ बिहिबार  ११ : २५ बजे