पोखरीमा डुबेर मृत्यु



सिरहाको नरहा गाउँपालिका–५ अधिकारी टोलस्थित कमुतिया पोखरीमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नरहा गाउँपालिका–५ अधिकारी टोल बस्ने रामेश्वर शर्माका तीन वर्षीय छोरा राज शर्मा रहेका छन् ।

पोखरीमा नुहाउने क्रममा डुबेर सिकस्ति भएका बालक शर्मालाई स्थनीयवासीले उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पु¥याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि चोहर्वातर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

प्रकाशित मिति : श्रावण २२, २०७७ बिहीबार  ११ : ५३ बजे