वीरगञ्जमा एकैपटक १४२ जनामा कोरोना संक्रमण पुष्टि



वीरगञ्जमा सेना, प्रहरी, चिकित्सकसहित थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

एकैपटक यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएको पर्सामा पहिलोपटक हो ।

संक्रमित मध्ये १७ जना महिला छन् भने रौतहट र बाराका ४/४ जना रहेका छन्

प्रकाशित मिति : श्रावण २३, २०७७ शुक्रबार  ७ : ०५ बजे