पछिल्लो २४ घण्टामा देधमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यस सँगै कूल संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ३६ जनाको परिक्षण गर्दा ४ सय ६४ जनामा संक्रमण पुष्टी भएको हो ।
यसै बिच आज काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ९२ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।








