एमाले ब्युँताउने ओलीको तयारी



देश कोरोना सङ्क्रमणको चपेटामा रहदा सत्तारुढ दल भने आन्तरिक खितानिमा रुमलिएको लामो समय भइसकेको छ ।सत्तारुढ दल भित्रको घर झागडाले गर्दा सरकारले पनि प्रभाबकारी काम गर्न सकिरहेको छैन ।यसैबिच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टिको आन्तरिक बिशयमा आफूनिकट नेताहरुसँग छलफल गरेका छन् । पार्टीभित्र आफूविरुद्ध घेराबन्दी भैरहेको अवस्थामा अब कसरी अघि बढ्ने भनेर ओलीले आफूनिकट नेताहरुसँग आन्तरिक छलफल तथा परामर्श गरेका हुन् ।

श्रोतका अनुसार ओलिले कमसेकम एक पद नछाडे सम्म प्रचण्ड नेपाल समुहले नछाड्ने र ओलिले कुनै पनि पद नछाड्ने अडानले नेकपालाई बिभाजनको मुखमा पुर्याएको छ ।नेकपाको घर झगडा लामो समय देखी चलेको र झगडा मिलाउने प्रयास पनि लामो समय देखी नै चलिरहेको हुँदा नेताहरु बिच्मा सहमती हुने आशामा देशैभरिका कार्यकर्ताहरु रहेका थिए ।तर हाल आएर भने नेताहरु बिच सहमती हुन  नसक्ने बिन्दुमा नेकपा पुगेको आकलन सबैले गर्न थालेका छन ।

ओलीद्वारा नेकपा बिघटन गरी एमाले ब्युँताउने देखि संकटकाल लगाउने सम्मको तयारी

अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल, र प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूविरुद्ध लगातार मोर्चाबन्दी गरेको र पार्टी एकता नचाहेको ओलीको आरोप छ । उनले अब आफू कडा कदम चाल्ने निश्कर्षमा पुगेको सुनाउँदै साथ दिन आफूनिकट नेताहरुलाई आग्रह गरेको बुझिएको छ । स्रोतकाअनुसार ओलीले नेकपा एमालेलाई व्यँताउनेगरि तयारी थालेका छन् ।

ओलीलाई कारबाही गर्ने दाहाल,नेपालको तयारी, स्थायी कमिटी बैठक छिट्टै राख्ने

यसअघि ओलीमाथि एमाले पार्टी निर्वाचन आयोगमा दर्ता गर्न अग्रसरता लिएको भनेर अर्का अध्यक्ष दाहालले आरोप लगाएका थिए । त्यतिवेला दाहालले लगाएको आरोपमा कुनै सत्यता नभएको ओलीको स्पष्टोक्ति थियो । तर, सहमतिको लागि हदैसम्मको प्रयास गर्दापनि आफूविरुद्ध निरन्तर मोर्चाबन्दी गरेको भन्दै ओली रुष्ट बनेको र अब कुनैपनि वार्ताको लागि मात्रै वार्तामा नबस्ने निश्कर्ष निकालेका छन् ।

प्रकाशित मिति : श्रावण २४, २०७७ शनिबार  १० : ०६ बजे