बरिष्ठ लोकगायक प्रेमराजा महत दम्पतीलाई कोरोना संक्रमण, कस्तो छ अवस्था ?



वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उनकी जीवन संगीनी कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

वरिष्ठ लोकगायक महतले अगस्त ७, शुक्रबार दिउँसो करिब ३ बजे सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका छन् । उनले ध्यान राख्दाराख्दै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उल्लेख गरेका छन् ।

इमेजस्
उनले हाल आफ्नै घरको एउटा–एउटा कोठामा आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनले छोरा डा। सरगम महतको निरीक्षण र निगरानीमा बसेको बताएका छन् ।

प्रकाशित मिति : श्रावण २४, २०७७ शनिबार  १० : ३९ बजे