कोरोनाबाट थप चारको मृत्यु, ३३८ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३ सय ३८ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २३ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिए ।

आजसम्म १६ हजार ४ सय ९३ जना संक्रमणमुक्त भएका छन् । आज १४० जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।

तेस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।

दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो भने दुई जनामा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं–१० मध्यबानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको छ ।

प्रकाशित मिति : श्रावण २६, २०७७ सोमबार  ११ : ५२ बजे