पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४ सय ८४ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २४ हजार ४ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आजसम्म १६ हजार ७ सय २८ जना संक्रमणमुक्त भएका छन् । आज ६४ जना संक्रमणमुक्त भएको डा . गौतमले जानकारी दिए ।








