४८४ संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४ सय ८४ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २४ हजार ४ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आजसम्म १६ हजार ७ सय २८ जना संक्रमणमुक्त भएका छन् । आज ६४ जना संक्रमणमुक्त भएको डा . गौतमले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण २८, २०७७ बुधबार  १२ : ४५ बजे