डाक्टर र नर्ससहित चितवनमा २७ जनामा कोरोना पुष्टि



चितवनमा डाक्टर र नर्ससहित  २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति अवेरसम्म गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा चिकित्सक र नर्सहरुसमेत छन् । संक्रमितमध्ये बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पाँच जना नर्सहरु छन् ।

हाेम क्वारेन्टाइनमा बस्न मिल्नेलाई घरमा र नमिल्नेलाई अस्पतालम‌ै बनाइएकाे आइसोलेसनमा राखिने क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा . देजकुमार गाैतमले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् । भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा भरतपुर वडा नं. ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

प्रकाशित मिति : श्रावण ३२, २०७७ आइतबार  २ : ३६ बजे