सत्तारुढ नेकपाको सचिवालय बैठकले पार्टी विवाद समाधानका लागि गठित कार्यदललाई अनुमोदन गरेको छ ।वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ (प्रकाश)ले कार्यदललाई सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने बताएका थिए । त्यस लगत्तै आज बसेको बैठकले महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदललाई अनुमोदन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
थापाले भने, कार्यदललाई बैठकले बधाई ज्ञापन र अनुमोदन गरेको छ । उनले कार्यदलले प्रतिवेदन अध्यक्षद्वय समक्ष प्रस्तुत गर्ने र बैठकमा आउने बताए । कार्यदलको सुझाव सचिवालय बैठक बसी छलफल गरिने बुझिएको छ । सचिवालयले अनुमोदन गरेपछि मात्र कार्यान्वयन गर्ने गरी तय भएको छ ।








