पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ५ सय ८१ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या १७ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।
तेसै गरी नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७ पुगेको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनजना कोरोना संक्रमितको मृत्यु पुष्टि गरेसँगै कुल संक्रमित एक सय ७ पुगेको हो ।
मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमका अनुसार संक्रमणबाट मृत्यु हुनेहरुमा दुई पुरुष र एक महिला छन्
आजसम्म १७ हजार ४ सय ९५ जना संक्रमणमुक्त भएका छन् । आज १६० जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।








