नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार साँझ मोरङको बुढीगंगा-२ निवासी ६७ वर्षीया कोरोना संक्रमित महिलाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए।का अनुसार उनलाई विराटनगरस्थित विराट मेडिकल कलजेबाट सोमबार राति रिफर गरिएको थियो। उनमा भर्ना गर्दा अत्याधिक खोकी, सास फेर्न समस्या र ज्वरो आउनुका साथै उनी लामो समयदेखि मुटुको उपचार गर्दै आएको सापकोटाले बताए ।

मृतक महिलाको शव अस्पतालमै राखिएको र नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिरहेको छ।

प्रकाशित मिति : भदौ ३, २०७७ बुधबार  २ : २५ बजे