काठमाण्डौमा १५९ जना सहित ६८१ कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ६ सय ८१ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

तेसै गरी पछिल्लो २४ घन्टाआमा काठमाडौं उपत्यकामा मंगलबार १५९ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

आजसम्म १७ हजार ७ सय संक्रमणमुक्त भएका छन् । आज १२० जना संक्रमणमुक्त भएको डा गौतमले जानकारी दिए ।

प्रकाशित मिति : भदौ ३, २०७७ बुधबार  १० : ४६ बजे