पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ७ सय ७ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २९ हजार ६ सय ४५पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन्
आज २६४ जना संक्रमणमुक्त भएको डा । गौतमले जानकारी दिए । आजसम्म १७ हजार ९ सय ६४ जना संक्रमणमुक्त भएका छन् ।








