काठमाडौं उपत्यकामा २०० सहित ७ सय ७ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ७ सय ७ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २९ हजार ६ सय ४५पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन्

आज २६४ जना संक्रमणमुक्त भएको डा । गौतमले जानकारी दिए । आजसम्म १७ हजार ९ सय ६४ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : भदौ ४, २०७७ बिहिबार  ११ : ०१ बजे